तीन दिन लगातार हल्कादेखि मध्यम बर्षाको सम्भावना
कलाखबर ११ असार –काठमाण्डौं । आगामी तिन सम्म लगातार हल्कादेखि मध्यम सम्मको बर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शुक्रबार विहान ३ दिनको मौसम प्रक्षेपणसम्बन्धी बुलेटिन सार्वजनिक गर्दै सो जानकारी गराएको छ । बुलेटिन अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।
बुलेटिनमा लेखिएको छ, बिशेष गरि ‘प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा बर्षा हुने सम्भावना भएको छ । बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम विदले जनाएको छ ।
प्रदेश नं १ र बागमती प्रदेशका एक(दुई स्थानहरुमा मेघगर्जनरचट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ । आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श दिँदै महाशाखाले प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू(भागमा गेग्रानसहितको पहिरो र बाढीको सतह बढ्दा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।