Logo

शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठलाई राजिनामाको माग आई रहेका बेला ओलीद्वारा थप तीन मन्त्रालय उपहार


कलाखबर ११ असार –काठमाण्डौं । शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठले रुपा सुनारलाई दलित भनेर कोेठा नदिने नेवार समुदायका घरभेटीलाई हिरासतबाट छुटयाएर सरकारी गाडीमा हालेर घर पुर्एपछि चौतर्फी उनको ओलोचना भएको छ । उनको पुत्ला दहनसँगै माधवकुमार सम्वद्ध युवासंघले राजिनामा समेत मागेको छ ।

अर्को तिर दलित समुदायले जातीय प्रथा र भेदभावको मुद्धालाई मन्त्री श्रेष्ठले उन्मुलन गरेको आरोप समेत लगाएका छन् । मन्त्री श्रेष्ठलाई पदबाट राजिनामा दिन दवाब आई रहेको बेला ओलीले फेरि तीन मन्त्रालय उहार दिने भएको छ । मन्त्री श्रेष्ठले थप तीन मन्त्रालय पाउने भएपछि शुक्रबार नै पदभार समेत सम्हाल्ने कार्यक्रम तयार भएको छ ।

उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय र वन तथा वातावरण मन्त्रालय पाउने भएको छ । स्वास्थ्य मन्त्रालयमा साढे १२ बजे, श्रम मन्त्रालयमा २ बजे र वन मन्त्रालयमा साढे ३ बजे पदभार ग्रहणको कार्यक्रम रहेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि २५ सदस्यीय मन्त्रिपरिषद हाल पाँच सदस्यमा कायम छ । मन्त्रिपरिषद सदस्यहरुलाई प्रधानमन्त्री ओलीले बिहीबार मन्त्रालय बाँडफाँट गरिदिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्