Logo

श्रीमतीको नगर सभामा प्रभु शाह प्रमुख अतिथि बन्न जादा ठूलो झडप,प्रहरीद्वारा अश्रग्यास प्रहार


कलाखबर,१० असार–रौतहत । रौतहत जिल्लाको मौलापुर नगरपालिकाको नगरसभामा बिशाल झडप भएको छ । नेकपाका नेता प्रभु शाह श्रीमती रीनाकुमारी शाहको नगरपालिकामा प्रमुख अतिथि बन्न पुगेका थिए । उनका श्रीमती रीनाकुमारी शाह मौला नगरपालिकाको मेयर हुन् । नगरसभामा हाना हान समेत भएको छ ।

प्रमुख अतिथिका रूपमा उपस्थित भएका एमालेका नेता प्रभु साह पक्ष र अरू दलका कार्यकर्ताबीच झडप भएको बताइएको छ । केही महिना अगाडी मात्र नेकपा माओबादी छोडेर प्रभु शाह नेकपा एमालेमा प्रवेश गरेका हुन् । रौतहटको मौलापुर नगरपालिकाको नगर सभामा दुई पक्षबीच विवाद भएपछि झडप भएको हो ।

पाँचौं नगरसभा चलिरहेका बेला सुई समूहबीचको झगडाले ठूलो रुप लिएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । यसअघि पनि शाहको क्षेत्रमा पटक पटक झडप हुनेगरेको थियो । नगर सभामा बजेट पेश गर्ने कार्यक्रम हुँदैगर्दा प्रभु शाह समूह र विपक्षी पक्षबीच हानाहान समेत भएको रौतहत प्रहरीले बताएको छ । सोही आक्रोशित झडपलाई रोक्न प्रहरीले अश्रु ग्यास प्रहार गरेको जनाइएको छ । प्रहरीका अनुसार चार राउन्ड अश्रु ग्यास प्रहार गरिएको छ।

प्रतिक्रिया दिनुहोस्