Logo

सर्वोच्च अदालतले २० मन्त्रीहरु पदमुक्त गराएको खुशीयालीमा दिपावली


कलाखबर ९ असार–जनकपुर । सर्वोच्च अदादतले मंगलबार २० मन्त्रीहरुलाई पद मुक्त गर्ने अन्तरिम आदेश दिएको छ । त्यही खुशीयालीमा प्रदेश नं २ को धनुषा जिल्लाका नगराइन नगरपालिकामा मंगलबार साँझ खुशीयाली मनाएको छ ।

पूर्व अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य आदर्श मंडल लगायतका दर्जनौं बिद्यार्थी समुहले दीप प्रज्वलन गरि दिपावली सहितको खुशीयाली मनाएको हो ।

प्रधान मन्त्रीको असंवैधानिक कदमलाई सर्वोच्च अदालतले न्याय गर्दै ओलीको अहमकार र सेशी झारेको भन्दै अनेरास्ववियु केन्द्रिय कमिटी बिद्यार्थी संघले आपसमा खुुशीयाली मनाएको हो ।

प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्रीले जसपाका महन्त ठाकुर पक्षलाई समेटेर पहिलोपटक र दोस्रोपटक आफ्नौ पार्टीका सदस्यहरुलाई मन्त्री बनाएका थिए। सो मन्त्रीहरु पदमुक्त भएका हुन्।

संसद विघटन भई सकेपनि प्रधानमन्त्री आफै पनि कुनै प्रतिनिधि सभाको सदस्य नभएको र स्वत्त पदमुक्त भएर काम चलाउ भएको आवस्थामा प्रधानमन्त्रीले संविधानको कुनै पनि बुढामा मन्त्रिपरिषद गठन गर्ने अधिकार नभएको सर्वोच्च अदालतले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्