आज झण्डै दोब्बर गुणाले देशभर संक्रमित थपिए,४१ जनाको मृत्यू

कलाखबर,८ असार–काठमाण्डौं । पछिल्लो २४ घण्टामा आज झण्डै दोब्बर गुणाले संक्रमित थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४५२२ जना संक्रमित थपिएका छन् भने ४१ जनाको मृत्यू भएका छन् ।
१६ हजार ९१३ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ३७०३ र एन्टिजेन विधिबाट ८१९ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितहरुमा धौलागिरी अस्पतालबाट पुराना मितिमा भएका परीक्षणहरु एकमुष्ट रुपमा प्राप्त भएकाले प्रतिवेदनमा एकमुष्ट समावेश गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख २६ हजार ३४३ जना तथा एन्टिजेन विधिबाट २८ हजार १२७ जनामा संक्रमण पुष्टि भइसकेको छ । यही अवधिमा थप ४९५४ जना संक्रमणमुक्त भएका छन् ।