Logo

फेरि ओलीलाई धक्का,पछिल्लो पटक गठन गरिएको मन्त्रिपरिषद खारेज,२१ मन्त्रीहरु पदमुक्त हुने


कलाखबर,८असार–काठमाण्डौं । सर्वोच्च अदालतले पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रीपरिषद बिस्तार तत्कालका लागि कार्यन्वयन नगर्न आदेश जारी गरेको छ ।

यो आदेशसँगै २१ जना मन्त्रीहरु समेत पदमुक्त हुने भएको छ । यो फैसलाले फेरि ओली माथी धक्का महसुश भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधिसभा विघटन र

निर्वाचन घोषणा भएको अवस्थामा प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद विस्तारको निर्णयविरुद्ध दायर गरेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले मंगलबार मन्त्रिपरिषद् विस्तार तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।

प्रतिक्रिया दिनुहोस्