Logo

नेपाल प्रहरीको नाम,पोशाक र दज्र्यान्ही चिन्ह दुरुपयोग गरेको आरोपमा एक जना पक्राउ


कलाखबर,८असार–काठमाण्डौं । नेपाल प्रहरीको नाम,पोशाक र दज्र्यान्ही चिन्ह दुरुपयोग गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय साइबर ब्युरोले भक्तपुरको चागुनारायण नगरपालिका(६ का इशान लामिछानेलाई पक्राउ गरेको हो।

सामाजिक सञ्जाल क्लव हाउसमा बिना अनुमति प्रहरीको नाम,पोशाक र दज्र्यान्ही चिन्ह लगायत दुरुपयोग गरेको आरोमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

क्लब हाउसमा नेपाल प्रहरीको नाममा ओपनरसोसियल रुम बनाएर नेपाल प्रहरीका विभिन्न उच्च अधिकारीको नाम, दर्ज्यान्ही चिन्ह र युनिफर्मलगायत समावेश गरि फेक आइडी बनाएर दुरुपयोग गरेको आरोप प्रहरीको छ। अदालतबाट ७ दिनको म्याद लिएर हिरासतमा राखि अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्