महन्थ ठाकुर पक्षद्वारा लुम्बिनी प्रदेशमा उपेन्द्र यादव पक्षलाई २४ घण्टा भित्र स्पष्टीकरण दिन दवाब
कलाखबर,८असार–काठमाण्डौं । जनता समाजवादी पार्टी नेपालका महन्थ ठाँकुर पक्षले लुम्बिनी प्रदेशमा उपेन्द्र यादव पक्षका दुई प्रदेश सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
अध्यक्ष ठाकुरको तर्फबाट कार्यकारिणी सदस्य केशव झाले एक विज्ञप्ति जारी गरी प्रदेश सांसद सहसराम यादव र पुरमति ढेंगामगरलाई स्पष्टीकरण सोधेका हुन् । पार्टीको हित विपरीत विपक्षलाई ह्ीप उल्लघन गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
दुई जनालाई कारवाहीको प्रकृया अगाडि बढिरहेमा अनाधिकृत व्यक्तिको नामबाट सन्तोष कुमार पाण्डे, विजय बहादुर यादव, कल्पना पाण्डे तथा सुमन शर्मा रायमाझीलाई यादव पक्षले पाँच दिने स्पष्टीकरण सोधिएको प्रति पनि ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
यादव पक्षले सन्तोष कुमार पाण्डे, विजय बहादुर यादव, कल्पना पाण्डे तथा सुमन शर्मा रायमाझीलाई स्पष्टिकरण सोधेपछि ठाकुर पक्षले पनि कारबाहीको डण्डा चलाएको हो ।