Logo

थप खुकुलो बनाउदै झापामा निषेधाज्ञा एक साता लम्ब्यायो


कलाखबर,असार,७–काठमाण्डौं । झापामा एक साता निषेधाज्ञा थप गरिएको छ । अहिले सबैतिर संक्रमित कम हुँदै गएसँगै सबैतिर लकडाउन खुकुलो बनाउदै लगिएको छ । कोरोना महामारीको संक्रमण केही हदसमम कम हुँदै गएपनि जोमिख अझै रहेको भन्दै एक हप्ता निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।

थपिएको निषेधाज्ञा केही खुकुलो बनाइएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जारी गरेको आदेशमा उल्लेख छ। अत्यावश्यक सामाग्री लिन घर बाहिर निस्कँदा स्वास्थ्य सुरक्षा अपनाउने, होटल तथा

रेष्टुरेन्टहरुले टेकअवे सेवा मात्र संचालन गर्ने, सीमा नाका काँकरभिट्टाबाट विदेशी नागरिक प्रवेश स्थगन गर्ने लगायतको निर्णय भएको छ। सवारी साधन सञ्चालनमा लगाइएको रोकलाई यथावत राखिएको छ। पसलहरू भने दिउँसो १२ बजेसम्म खोल्नका लागि अनुमति दिइएको छ।

 

प्रतिक्रिया दिनुहोस्