Logo

प्रदेश नं १ मा कोरोना संक्रमित शुन्य,आम नागरिकको जीवनयापनमा सहज बन्दै


कलाखबर,असार,७–काठमाण्डौं । प्रदेश नं १ मा कोरोना संक्रमित कम हुँदै शुन्यमा झरेसँगै अहिले आम जनजिवन सहज बन्दै गएको छ । प्रदेश नं १ को १४ जिल्लामा लगाएको निषेधाज्ञा केही खुकुलो बनाएसँगै अहिले त्यो जिल्लाको जनजीवन समान्य बन्दै गएको छ ।

अहिले अरु जिल्लामा पनि कोरोना संक्रमित घट्दै गएको छ । वैशाख अन्तिम र जेठ दोश्रो सातासम्म संक्रमणको दर उच्च भई दैनिक १२ सय बढी पुगेकोमा अहिले त्यो संख्या झरेर २५० को हाराहारीमा आइपुगेको छ ।

प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार आइतबारमात्र प्रदेश १ मा २५५ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालय अन्तर्गत रहेको ‘कोभिड–१९ निगरानी, तथ्याङ्क संकलन तथा अनुगमन समिति’को सचिवालय संयोजक डा. रविन्द्र निरौलाले पछिल्लो दिन संक्रमणको दर निकै फराकिलो संख्यामा घटेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्