Logo

पार्टी परिवर्तन गरेका स्थानीय तहदेखि केन्द्रिय तह सम्मको नेता तथा कार्यकर्तालाई हटाउने माओबादी केन्द्रको तयारी


कलाखबर,असार,७–काठमाण्डौं । नेकपा माओबादी केन्द्रले पार्टी परिवर्तन गरेका स्थानीय तहदेखि केन्द्रिय तहसम्मको नेता तथा कार्यकर्तालाई पार्टीबाट पूर्ण रुपमा निश्कासन गर्ने औपचारिक तयारी गरेको छ । सोमबार बसेको पार्टीको भर्चुअल केन्द्रिय बैठकले सो निर्णय गरेको हो ।

यसअघि बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले दल त्याग गरेकाहरुलाई कारबाही गर्ने निर्णयको अधिकार अध्यक्ष प्रचण्डलाई दिएको थियो । सोही अधिकारअनुसार माओवादी केन्द्रले निर्वाचन आयोगमा कारबाहीबारे जानकारी गराएको थियो ।

तर आयोगले यस बिषयमा सूचना प्रकाशन नगरेपछि यसलाई गम्भिर रुपमा नलिएको भन्दै फेरि सोमबार ध्यान आकर्षण गराएको थियो । केन्द्रीय समिति बैठकमा मेलम्चीबाट सहभागी भएका केन्द्रीय सदस्य युवराज दुलाल ‘शरदले पार्टी त्यागेका स्थानीय तहका जनप्रतिनिधि र

केन्द्रीय सदस्यहरुलाई पार्टीबाट निस्कासन गर्ने निर्णयलाई औपचारिकता दिइएको बताए । माओवादी नेता देव गुरुङले दल बदल गरेकाहरुलाई कारबाही गर्ने यसअघि नै निर्णय गरेकाले फेरि पनि निर्वाचन आयोगलाई ताकेता गर्ने निर्णय भएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्