Logo

अब काठमाण्डौं उपत्यकामा बारको आधारमा विभिन्न पसल सञ्चालन हुने,आम जनताको लागि कतिको उपयुक्त होला?


कलाखबर असार,६–काठमाण्डौं । आज बसेको काठमायडौं जिल्ला प्रशासनको बैठकले असार ७ गतेबाट काठमाण्डौं उपत्यकामा बारको आधारमा विभिन्न पसल सञ्चालन गर्ने निर्णय गरेको छ । बैशाख १६ गतेबाट कडा रुपमा भएको निशेधाज्ञालाई अब केही खकुलो बनाउने उद्देश्यले प्रशासनले यस्तो निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार अब बारका आधारमा व्यवसाय सञ्चालन गर्न पाइनेछ । उनका अनुसार आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान बिक्री गर्ने पसल सञ्चालन हुनेछन् । त्यस्तै, अटोमोबाइल र त्यसका पार्टपूर्जा पाइने पसल पनि खुल्नेछ ।

सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल खोल्न दिने निर्णय भएको छ । यस्तै फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ खुल्नेछन् । बारका आधारमा खुल्ने पसल बिहान ११ देखि ४ बजेसम्म खोल्न दिने निर्णय भएको प्रजिअ पराजुलीले बताए ।

खाद्यान्न, फलफूल र तरकारी पसल चाहिं हरेक दिन ११ बजेसम्म खुल्नेछ । तर यसरी बारका आधारमा विभिन्न व्यावसाय सञ्चालन गर्दा व्यावसायी र उपभोक्तालाई भने कत्तिको फाईदा होला भन्ने प्रश्न पनि उठेको छ ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्