Logo

लकडाउन केही खुकुलो बनाउने तयारी,आज बेलुका पाँच बजे सिडिओहरुको बैठक बस्दै


कलाखबर असार,६–काठमाण्डौं । काठमाण्डौ उपत्यकामा अब लगडाउन केही खुकुलो हुने भएको छ । बैशाख महिनाबाट भएको लकडाउनलाई अब बिस्तारै खुकुलो बनाउदै लैजाने तयारी जिल्ला प्रशासनले गर्ने भएको छ । प्रशासनले निजि सवारी साधनलाई समेत चलाउन दिने विषयमा आजको बैठकमा छलफल गर्ने भएको छ ।

स्रोतका अनुसार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका संकट व्यवस्थापन समिति (डीसीसीएमसी) ले पनि निजी सवारीसाधनलाई चल्न दिनुपर्ने सुझाव दिएका छन् । तर सार्बजनिक गाडीलाई भने अहिले केही समय सुचारु हुन नदिने भएको बुझिएको छ । डीसीसीएमसीले खाद्यान्न पसलहरु पनि ४ बजेसम्म खोल्न सुझाव दिएको छ ।

अन्य व्यवसायलाई पनि बारअनुसार सञ्चालन गर्न दिनुपर्ने भनिएको छ । तर प्रमुख जिल्ला अधिकारी ९सिडिओ०हरुले गृह मन्त्रालय र कोभिड९१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमस) सँग पनि परामर्श गरेर निर्णय गर्नुपर्ने भएकाले निषेधाज्ञालाई खुकुलो बनाउने मोडालिटीको अन्तिम टुंगो लागिसकेको छैन ।

काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले लगाएको निषेधाज्ञा सोमबारबाट सकिँदैछ । त्यसैले निषेधाज्ञा थपको निर्णय गर्न आइतबार साँझ ५ बजे प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । अब लगडाउनको मोडालिटी परिवर्तन गर्दै बिस्तारै खकुलो बनाउदै लैजाने प्रशासनले तयारी गरेको छ । कोरोना संक्रमित पनि पहिलेको दाँजोमा केही कम हँुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्