Logo

विपत्तीको वेला राहत वितरणमा समेत राजनीतिकरण भएपछि स्थानीयद्वारा आक्रोश


 

कलाखबर,आसार ४–काठमाण्डौं । बाढी पहिरो पीडित जिल्ला सिन्धुपाल्चोकमा राहत वितरणको क्रममा राजनीतिकरण हुन खोजेपछि स्थानीयहरुले आक्रोश पोखेका छन् । नेकपा एमालेका केन्द्रिय महासचिव ईश्वर पोखरेलले पठाएको राहत वितरणमा एमाले निकट विद्यार्थी संघठन अनेरास्वव्यूको टोलीले व्यानर टाँगेर राजनीतिक पहिचान झल्काउन खोजेपछि पीडित स्थानीय आक्रोशित बनेका थिए ।

विवाद उत्पन्न भएपछि बिहीबार सिन्धुपाल्चोकको मेलम्चीस्थित इन्द्रेश्वरी माविमा विवाद हुँदा झडपकै स्थिति उत्पन्न हुन पुग्यो । विचलित अवस्थामा रहेका पीडितहरुको उद्धारका लागि स्थानीय बासिन्दालाई राहत तथा उद्धारका लागि मेलम्ची पुगेको सत्तारुढ दल नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्वविुको टोली र स्थानीयबासिन्दाबीच झडप भएको हो ।

केही व्यक्तिहरुले आफैं यहीँ बस्ने, मान्छेहरु बोलाउने र घरघरमा राहत पठाउने गर्न थालेपछि विवाद उत्पन्न भएको मेयर अर्यालले बताए । मेलम्चीमा भएको झडपबारे एमालेको युवा विद्यार्थी फाँट हेर्ने जिम्मेवारी पाएका एमाले नेता खिमलाल भट्टराईले अनेरास्ववियुले लगेको राहत मेलम्ची नगरपालिकाको टोलीलाई हस्तान्तरण गरेर फर्केको बताए ।

प्रतिक्रिया दिनुहोस्