Logo

सेती नदीमा पानीको बहाव बढेसँगै खतराको संकेत,सचेत रहन स्थानीयलाई आग्रह


कलाखबर,४ असार–पोखरा । लगातार बाढी बर्षाले बितण्डा मच्चाई रहेका बेला सेती नदीको पनि उच्च रुपमा बहाव बढेको छ । अप्रत्यासित रुपमा पानीको बहाव बढेपछि त्यहाँका स्थानीयहरुलाई सचेत रहन आग्रह गरिएको छ ।

सेती नदी आसपासका बस्ती बानीडुग्रीसैन, गोपघाट, बारपाटा, सिरखोलीसैन, कालागाढ, रामपुर, दिपायल, घोल्तडा, भागेतडा, कैलडा तथा नारीदाङका स्थानीयवासीलाई विशेषगरी रातिको समयमा सचेत रहन प्रहरी प्रशासनले आग्रह गरेको छ ।

त्यसैगरी नदीमा पानीको बहाव बढ्न थालेसँगै इलाका प्रहरी कार्यालय दिपायल, प्रहरी चौकी तिल्तालीको टोलीले नागरिकलाई नदी क्षेत्रमा नजान तथा सचेत रहन माइकिङ गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्