Logo

गण्डकी प्रदेशका मुख्यमन्त्रि कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिदै


कलाखबर,४ असार–पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्रि कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिने भएका छन् । दुई दिन अघि केही राहत सामाग्री सहित मनाङ पुगेका पोखरेल पोखरा फर्के लगतै उनले आज प्रदेश सभामा विश्वासको मत लिने भएको हो ।

उनी सेनाको हेलिकप्टर चढेर दिपक मनाङे सँगै मनाङ पुगेका थिए । पोखरा फर्के लगतै विश्वासको मत लिन उनले आजै प्रदेश सभा बैठक बोलाएको छ । विपक्षी ४ दलको गठबन्धनबाट २९ गते मुख्यमन्त्रीमा पोखरेल नियुक्त भएका थिए ।

मुख्यमन्त्री नियुक्त भएको १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । आजै विश्वासको मत लिएर बल्ल बजेटमाथि छलफल सुरु गर्नेदेखि मन्त्रालय बाँडफाँट गर्नेसम्मका काम टुंगोमा पुर्याउने योजना मुख्यमन्त्री पोखरेलको छ ।

प्रतिक्रिया दिनुहोस्