Logo

सिन्धुपाल्चोकमा बाढी प्रकोपबाट बेपत्ता ७ जनाको पहिचान खुल्यो


कलाखबर,२,असार–सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा बाढी प्रकोपबाट बेपत्ता भएका ७ जनाको पहिचान खुलेको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाबाट इन्द्रावती नदीले झण्डै एक दर्जन बढीलाई बगाएर बेपत्ता बनाएका छन् । अहिले भर्खरै हराइरहेका ७ जनाको पहिचान खुलेको छ । प्रहरी र स्थानीयको पहलमा ७ जनाकोे पहिचान खुलेको सिन्धुपाल्चोकका सहायक प्रजिअ बाबुराम खनालले बताए ।

बेपत्ता हुनेमा हेलम्बु–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योती, हेलम्बु–३ घर भएका १३ वर्षीया टिकामाया खड्का, हेलम्बु–७ का ज्ञानेन्द्र कक्षपति, हेलम्बु–६ का च्याङ्बा तामाङका श्रीमान दम्पती र साँगाचोकगढी घर भएका सुरेन्द्र नेपाल छन् ।

७ जना मानिस बेपत्ता छन्, एकजनाको शव फेला परेको छ तर पहिचान भएको छैन्’ सहायक प्रजिअ खनालले भने– ‘सो क्षेत्रमा संचार सम्पर्क पनि अवरुद्ध भएको छ ।’ हेलम्बु गाउँपालिकाको इन्द्रावती नदीको किनारमा फेला परेको शव पहिचान हुन सकेको बाँकी छ ।

 

प्रतिक्रिया दिनुहोस्