Logo

मनाङमा सयौं घर डुबान,पुरै गाँउ सम्पर्क बिहिन


कलाखबर,२,असार–मनाङ । नेपालमा मनसुन सुरु भएसँगै अहिले बाढी पहिरोको ताण्डप मच्चिन थालेको छ । मंगलबार अप्रत्यासित रुपमा मनाङ जिल्लामा अविरल बर्षा हुँदा सिंगो बस्ती नै डुवानमा परेको छ । अहिले पुरै बस्ती पम्पर्कबिहिन बनेको छ । बाढी पहिरोले मनाङ जिल्लालाई ठूलो क्षति पुर्याएको छ ।

मनाङ सदरमुकाम चामेबजार वरिपरिका २ वटा खोलाको बहाव बढ्दा ६ भन्दा बढी घर मंगलबार नै बगाइसकेको छ भने उक्त बजारका बासिन्दाहरु विस्थापित हुनु परेको छ । जिल्ला प्रशासन कार्यालय मनाङ प्रमुख विष्णु लामिछानेका अनुसार मनाङका विभिन्न गाउँपालिका गरेर ६० घरभन्दा बढी डुबान र क्षतिग्रस्त हुन पुगेका छन् ।

सिंगो मनाङ जिल्लाभरी कति क्षती भयो भन्ने कुराको पूरा तथ्यांक आउनै बाँकी छ । तर, अहिलेसम्मको जानकारीअनुसार धारापानीको इलाका प्रहरी कार्यालय र गाउँपालिकाको कार्यालय नै क्षतिग्रस्त भएको छ । सीडीओ लामिछानेले ताल गाउँमा ३० घर, चामेमा ४८, धारापानीमा २ सरकारी कार्यालयसहित १५ घर डुबानमा परेको जानकारी दिए ।

लगातारको बर्षातका बस्ती डुबानमा पर्दा विद्युत आपूर्तिसमेत बन्द भई मनाङका धेरै ठाउँ सम्पर्कविहीन बन्न पुगेको छ । अहिलेसम्म मानवीय क्षति नभए पनि मनाङमा ठूलो भौतिक क्षति पुगेको सीडीओ लामिछाने बताउँछन् । निरन्तर भारी वर्षा भइरहेकै कारण काठमाडौंबाट उद्दारका लागि आउने भनिएको हेलिकप्टर पनि आउन नसकेको उनले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्