Logo

देशभर एक साता लगातार भारी बर्षा हुने,सबैलाई सचेत रहन मौसमविदको आग्रह


कलाखबर संवाददाता,१,असार–काठमाण्डौं । नेपालमा मनसुन् प्रवेश गरेसँगै लगातार एक हप्ता भारी बर्षा हुने भएको छ । यो बर्षा सँगै केही ठाँउमा बाढीपहिरोको जोक्खिम हुन सक्ने भन्दै सबैलाई सजग रहन जल तथा मौसम पूर्वानुमान शाखाले जानकारी दिएको छ । विशेष गरि नेपालको पश्चिीमी भागमा बढी मात्रमा बर्षा हुने बरिष्ठ मौसमविद् बरुण पौडेलले कलाखबरलाई जानकारी दिए ।

उनले गण्डकी प्रदेश, कर्णाली प्रदेशका साथै पश्चिम तराई क्षेत्रमा भारी बर्षा हुने भएकोले सचेत रहन आग्रह गरे । यो अवधिमा सम्बधीत ठाँउको खोलामा पानीको सतह बढ्न सक्ने भन्दै सचेत रहन उनले जानकारी दिएका हुन् । यो साताभरको मनसुन नेपालको पूर्वीय भागमा भन्दा पनि पश्क्षिीमी भागमा बढी मात्रमा प्रवाभ हुने उनको भनाई रहेको छ ।

यतिबेला देशभर देशभर सामान्य देखि पूर्ण बदली भई गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ । बिशेष गरि नारायणी, कर्णाली र महाकाली नदीका आसपासमा पानीको बहाव बढ्न सक्ने भन्दै सचेत रहन मौसमविदको आग्रह रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्