Logo

काठमाण्डौं उपत्यकामा लकडाउन खकुलो,बढ्न थाले स्वारीको चाप


कलाखबर संवाददाता,१,असार–काठमाण्डौं । आज असार महिनाको १ गतेबाट काठमाण्डौं उपत्यकामा सवारीसाधनको चाप बढ्न थालेको छ । यो सँगै असारको पहिलो साताबाट काठमाण्डौं उपत्यकामा लकडाउन केही खकुलो भएको छ । आज उपत्यकाका सडकमा निजी सवारी साधनको संख्या बढेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक ९एसपी० श्याककृष्ण अधिकारीले निषेधाज्ञा खकुलो भएकोले उपत्यकामा सवारी चाप बढेको बताए ।

‘निषेधाज्ञा लुज भएको छ त्यसैले सवारी चाप बढेको छ ,’ उनले भने । काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा अघिल्लो पटकभन्दा केही खुकुलो बनाइएको छ ।

यसकै मौका छोपी काठमाडौं उपत्यकाका सडकमा नागरिकले चहलपहल ढाएका हुन् । आजदेखि होटल, रेष्टुराँहरुलाई टेकअवे सेवा सन्चालन गर्न अनुमति दिइएको छ भने तरकारी तथा खाद्यान्न पसल खुल्ने समय पनि बिहान ११ बजेसम्मका लागि बढाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्