Logo

देशभरको मनसुन सुरु,जोक्खिम बढ्ने सम्भावना


कलाखबर,३१,जेठ–काठमाण्डौं । देशभर यो बर्षको मनसुन सुरु भएको छ । यो बर्ष जेठको मसान्त भित्र नै मनसुन सुरु भएको हो । असारको पहिलो साताबाटै पानी पर्ने सम्भावनासँगै यो बर्ष गत बर्षको दाँजोमा धेरै जोक्खिम बढ्न सक्ने अनुमान गरिएको छ । विशेष गरि तटीय क्षेत्रमा जोखिम बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बाढीले क्षति पुर्याउन सक्ने भएकाले तटीय क्षेत्रमा विशेष सावधानी अपनाउनुपर्ने जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको हो । महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिनमा लेखिएअनुसार मंगलबार पूर्वी राप्ती, पश्चिम राप्ती, तिनाउ र बबई नदीमा ठूलो बाढी आउने भएकाले उच्च जोखिमको सम्भावना छ ।

यस वर्ष जुन ११ तारिख अर्थात् जेठ २८ गते नेपाल प्रवेश गरेको मनसुन आइतबार साँझबाट देशभर फैलिइसकेको छ । यस वर्षको मनसुनमा अधिकांश स्थानमा सरदरभन्दा बढी पानी पर्ने पूर्वानुमान गरिएकाले बाढी पहिरोबाट क्षति बढी हुन सक्ने आशंका विपदविज्ञहरुले गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्