गण्डकी प्रदेशमा तोकिएको समय सीमा सक्यो तर नयाँ सरकार गठन हुन सकेन
कलाखबर,२९,जेठ–गण्डकी । गण्डकी प्रदेशमा शनिबार दिउसो ३ बजे सम्म सरकार गठनको लागि तोकिएकोे समय सीमा सकिएको छ । तर अहिले सम्म गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री नियुक्तिको प्रक्रिया गाडि नबढाएपछि सरकार गठन हुन नसकेको हो । विपक्ष गठबन्धनले काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्य मन्त्रि बनाउन सशरीर उपस्थित भएर दावी गरेका थिए ।
सबै प्रक्रिया पुगेपनि प्रदेश प्रमुखले कुनै प्रक्रिया अगाडी नबढाएपछि विपक्ष गठबन्धनको संयुक्त बैठकबाट अहिले धर्ना दिने कार्यक्रम गरि रहेको छ । मुख्य मन्त्रि गठनका लागि शनिबार ३ बजे सम्म समय तोकिए पनि प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्य मन्त्रि नियुक्ति प्रक्रिया अगाडी नबढाएपछि अहिले बिपक्ष गठबन्धनको धर्ना सूरु भएको छ ।
नियुक्ति प्रक्रिया अगाडि नबढाएपछि काँग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चाका सांसदहरु सामुहिक धर्नामा जुटेका छन् । जेष्ठ २७ गते प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएपछि वैकल्पिक सरकार गठनका लागि प्रदेश प्रमुख पौडेलले आज तीन बजेसम्मको समय दिएकी थिइन् ।
गठबन्धनले हिजो नै मुख्यमन्त्री नियुक्त गर्न आग्रह गरेपनि प्रदेश प्रमुख पौडेलले तोकिएको समय सीमासम्म अध्ययन गर्ने बताएकी थिइन् । विश्वासको मत गुमाएका पूर्व मुख्य मन्त्रि पृथ्वी सुब्बा गुरुङले पनि फेरि मुख्य मन्त्रिमा दावी पेश गरेका छन् ।