Logo

Breaking Newsआज देशभर ३३८४ जनामा संक्रमण पुष्टि,६१ जनाको मृत्यू,६२९५ जना संक्रमणमुक्त


कलाखबर,२९,जेठ–काठमाण्डौं । देशभर आज थप ३३८४ जनामा संक्रमण पुष्टि भएको छ । मृत्युदर पनि घटेर ६१ जनामा झरेको छ । यो अहिले सम्मकै सबै भन्दा कम हो । आज कोरोनामुक्त हुने ६२९५ जना रहेका छन् ।

८५०६ जनाको पीसीआर परीक्षण गर्दा २३८२ जना र ५९८८ जनाको एन्टिजेन परीक्षण गर्दा १००२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । केही दिन यता पोजिटिभ नतिजा आएसँगै अब भने आम जनतामा नयाँ आशा पनि पलाएको छ ।

प्रतिक्रिया दिनुहोस्