Logo

सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीमाथी भौतिक आक्रमण,निर्घात कुटपीत


कलाखबर,२९,जेठ–काठमाण्डौं । सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीको टिममाथी भौतिक आक्रमण भएको. छ । आक्रमण कारीहरुबाट शाहीको टिममाथी निर्घाट रुपमा कुटपीत भएको छ । शाहीले आफूहरुमाथीको आक्रमण सरकारी पक्षबाटै भएको आरोप लगाएका छन् । सामाजिक फेसबुक लाईभ भिडियोमा बोल्दै शाहिले त्यस्तो भनेका हुुन् । स्वास्थ्य सामाग्री लिएर प्रदेश नं ६ सुर्खेत जिल्लाको प्रदेश अस्पतालमा जानेक्रममा शाहीको टोलीमाथी आक्रमण भएको हो ।

शाहीले आफू सहित कृष्ण पाण्डे, तिलक बस्नेत, नितु खड्का, लोकबहादुर रोकाय, राजेश महत, शान्त शर्मा, सीता आचार्य, खगेन्द्र बजगाईं र महेश बीसीलगायतको टोलि आफूसँग भएको बताएका छन् । उनको सम्पूर्ण टिममाथी नियोजित ढंगले आक्रमण भएको शाहीको आरोप छ । प्रहरीले भने त्यो घटना आक्रमण नभएर दोहोरो झडप भएको बाताएका छन् ।

शुक्रबार राति झण्डै ११ बजेतिर शाहीको समूह वीरेन्द्रनगर आउँदै गर्दा यताबाट स्थानीय मजदुरहरु घर जाने क्रममा एक्कासी जम्काभेट हुँदा विबाद भएपछि दुई पक्षबीच दोहोरो झडप भएको सुर्खेत प्रहरी कार्यलयका सूचना अधिकारी डीएसपी राम प्रसाद घर्तीले बताए । त्यो क्रममा दुवै समूह बीच हात हालाहाल भएको उनको भनाई थियो ।

तर यो भनाईमा सुर्खेत प्रहरी प्रमुखले सरासर झुट बोलेको शाहीले आरोप लगाएका छन् । सुर्खेतका प्रहरी प्रमुखले बर्दी लगाएर सरासर झुठ बोलिरहेका छन्, यो झुठ बोल्ने काम उहाँबाट बन्द होस्,’ शाही भन्छन्,‘प्रहरीले हामीलाई उद्धार गरेर अस्पतालमा उपचार गर्न ल्याएन । बरु एक घण्टासम्म सोधपुछ ग¥यो ।

तपाईको नाम के हो रे १ प्रहरीकै योजनामा आफूमाथि आक्रमण भएको संकेत गर्दै शाही भन्छन्– ‘सुर्खेत प्रहरीका प्रमुखलाई मैले हिजो पनि फोनमा भनें, आउनुस्, गोली हान्नुस्, मार्नुस् । यसरी योजना बनाएर किन तपाईंका मान्छेहरूलाई हामीमाथि आक्रमण गर्न लगाउनुहुन्छ रु डीएसपी घर्तीले झडपमा दुबै समुहका व्यक्तिहरु घाइते भएको बताए ।

उनले भने, ‘ज्ञानेन्द्र शाहीले आरोप लगाएजस्तो यो घटना देखिन्न । उहाँहरुको राजनीति पृष्ठभूमि के हो, त्यो थाहा भएन । तर, राननीतिक दलबाट परिचालितजस्तो लाग्दैन । लेबर काम गर्ने स्थानीय युवा हुन् । राजनीतिबारे खासै जानकारी राख्ने जस्ता युवाहरु छैनन् । डीएसपी घर्तीले स्थानीय पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएको बताए ।

ज्ञानेन्द्र शाही राहत बाँड्नका लागि सुर्खेत आएका थिए । शाहीको समूह निषेधाज्ञाको समयमा समस्यामा परेकाहरुलाई राहत तथा उद्दारका लागि जुटिरहेको छ । शाहीमाथि यसअघि पनि सुर्खेतमा २ पटक यस्तो घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्