Logo

सभामुखद्वारा सर्बदलीय बैठक आह्वान,प्रधानमन्त्रि नजाने


कलाखबर,२८,जेठ–काठमाण्डौं । प्रतिनिधि सभा विघटन भएपछि पहिलो पटक सभामुख अग्नि सापकोटाले सर्बदलीय बैठक आह्वान गरेका छन् । सापकोटाले समसामयीक राजनीतिक विषयमा छलफल गर्न सर्बदलीय बैठक बोलाएको हो ।

बैठक शुक्रबार दिउँसो २ बजे संसद भवनको ल्होत्से हलमा बस्ने भएको छ । बैठकमा प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्रीहरू र संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेतालाई बोलाइएको सभामुखकोे सचिवालयले जनाएको छ ।

तर प्रधानमन्त्री ओली भने बैठकमा जान नक्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जनाएको छ । थापाले सभामुखको सचिवालयबाट कुनै पत्र आएको आफूहरुले जानकारी नै भएको बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ७ जेठमा दोस्रो पटक प्रतिनिधि सभा विघटन भएपछि सभामुख सापकोटाले यसअघि पूर्वसभामुखहरु, कानुन व्यवसायीसँग छुट्टाछुट्टै परामर्श गरेका थिए । प्रतिनिधिसभा विघटनको विरुद्धमा असाधारण कदम चाल्ने बताएका सापकोटा अब भने कठोेर रुपमा उभिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्