स्वास्थ्यमन्त्रि शेरबहादुरको अधिकाँश सम्पत्ति श्रीमतीको नाममा सबै विवरण सहित
कलाखबर,२८,जेठ–काठमाण्डौं । स्वास्थ्यमन्त्रि शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्बजनिक गरेको छ । मन्त्रि भएको केही दिनमा नै जेठ २४ गते पत्रकार सम्मेलन गरेर सम्पत्ति सार्वजजिक गर्ने निर्णय गरेका तामाङले सम्पत्तिको पूर्ण विवरण भने पछि उलब्ध गराउने उल्लेख गरेका थिए ।
अहिले उनले सार्बजनिक गरेका सम्पत्तिको विवरण अनुसार अधिकाँश सम्पत्ति श्रीमती उषाकला राईको नाममा रहेको छ । मन्त्रि तामाङको काठमाण्डौं सहित १४ ठाँउमा जग्गा र २२ तोेला सुन रहेको छ ।
उनले सार्बजनिक गरेको सम्पत्तिको विवरण अनुसार सिन्धुपाल्चोक जिल्लाको सन्धुकोटमा १५४८ कित्ता पैतृक सम्पत्ति मात्र उनको नाममा रहेको र बाँकी सबै आफ्नो श्रीमती उषाकला राईको नाममा रहेको छ ।
उषा कला राईको नाममा मोरङमा ८ ठाउँमा भन्दा बढी जग्गा रहेको विवरण खुलेको छ । पैतृक सम्पत्ति र आफूले जोडेको सम्पत्तिसहित गरेर उनको र उनकी पत्नीको नाममा २० रोपनीभन्दा धेरै जग्गा छ ।
उनकी पत्नी उषाकला राईको नाममा मोरङ र खोटाङमा जग्गा छ भने तामाङको नाममा काठमाडौं र सिन्धुपाल्चोकमा जग्गा छ । त्यस्तै, उनले आफूसँग २२ तोला सुन रहेको बताएका छन् । उनको काठमाडौंको गोकर्णेश्वरमा घरसहितको जग्गा छ ।