Logo

संक्रमितसँग शुल्क लिने अस्पताललाई दर्ता खारेज गरि दिने सरकारको चेतावनी


कलाखबर,२७,जेठ–काठमाण्डौं । कोभिड–१९ उपचार सेवा सम्झौता गरेका अस्पताले संक्रमितसँग शुल्क लिएको पाएमा सरकारले कारबाही गर्ने भएको छ । त्यस्तो कुनै सुचना र प्रमाण पाएमा दर्ता खारेज गर्ने चेतावनी सरकारले दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै सरकारसँग सेवा सम्झौता गरेका निजी अस्पतालहरुले संक्रमितसँग शुल्क लिएको पाइएमा निःशुल्क कोभिड–१९ को सेवा प्रवाह गर्ने अस्पतालको सूचीबाट हटाउने, अस्पतालको दर्ता खारेज गर्ने तथा प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको हो ।

संक्रमित वा संक्रमितका आफन्तले सःशुल्क सेवा लिने भनी अस्पतालसँग लिखित रुपमा मञ्जुरीनामा गरेको अवस्थामा मात्रै सःशुल्क उपचारको व्यवस्था गर्न निजी अस्पतालहरुलाई मन्त्रालयले भनेको छ । पछिल्लो समय विभिन्न अस्पतालहरुले आफ्नो मनामानी चर्को शुल्क उठाउदै आएको समाचार समेत बाहिर आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्