Logo

उपत्यकामा असारबाट जोरबिजोर प्रणाली लागु गरि सवारी साधन चलाउने तयारी


कलाखबर,२५,जेठ–काठमाण्डौं । काठमाण्डौं उपत्यकामा असारबाट जोरबिजोर प्रणाली लागु गरि सवारी साधन चलाउने तयारी भएको छ । यस बिषयमा गृहमन्त्रालयले छलफल गर्न थालिएको छ । यद्यपि तत्काल सार्वजनिक सवारी चाहिँ चल्न दिनु नहुने अधिकारीहरुको भनाइ छ ।

जेठ मसान्त सम्मको निषेधाज्ञा सकिएपछि यस बिषयमा थप छलफल हुने काठमाण्डौं जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए । यद्यपि, त्यसका लागि स्वास्थ्य मन्त्रालयको पनि राय लिने उनको भनाइ छ ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई निषेधाज्ञाको मोडालिटीको विषयमा २९ जेठमा निर्णय हुने बताए । अझै समय बाँकी रहेकाले महीनाको अन्तिमसम्मको स्थिति हेर्नुपर्छ’भट्टराईले भने,‘हाल चाहिँ संक्रमण र मृत्यु दर घटेको हाम्रो निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्