Logo

असारबाट देशभरको निषेधाज्ञा खुकुलो बनाउने सरकारको तयारी


कलाखबर,२५,जेठ–काठमाण्डौं । सरकारले् असारको पहिलो साताबाट देशभरको निषेधाज्ञा खुकुलो बनाउने तयारी गरेको छ । गृह मन्त्रालयले देशका ७५ वटै जिल्लामा लगाएइको निषेधाज्ञाको समीक्षा गर्न थालेको छ ।

निषेधाज्ञा लागाएइका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग यस बिषयमा छलफल गरेको गृहसचिव महेश्वर न्यौपानेले बताए । अब एक महीना लामो निषेधाज्ञालाई क्रमशः खुकुलो गर्दै लैजानुपर्ने सबै अधिकारीहरुको पनि भनाइ रहेको छ ।

गत वर्ष एकैपटक खुकुलो बनाउँदा फेरि संक्रमण बढेको भन्दै गृहले यसपालि चाहिँ मोडालिटी बनाएर निश्चित क्षेत्र खोल्दै जाने तयारी गरेको छ । अब कोरोना संक्रमण मृत्यूदरमा केही कमी आएकोले दैनिक रुपमा जनजीवनलाई सहज बनाउँदै लैजानुपर्ने मन्त्रालयका प्रवक्ता जनकराज दाहाले बताए ।

तत्काललाई उत्पादन र कृषि क्षेत्र, पाठ्यपुस्तक ढुवानी जस्ता कार्यमा समस्या देखिएकोले यस क्षेत्रमा प्राथामिक्ता दिनुपर्ने उनको भनाई रहेको छ । स्वास्थ्य मन्त्रालयको पनि राय लिए पछि निषेधाज्ञाबारे थप निर्णय पनि दाहाले बताए ।

 

प्रतिक्रिया दिनुहोस्