सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पाए,बिश्वासको मत प्रदेशसभा सदस्यहरुलाई धन्यवाद ज्ञापण
जेठ,२५,कलाखबर– धनगदी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बिश्वासको मत पाएका छन । उनले जम्मा ३० मत पाएका छन् । नेकपा एमालेका माधव कुमार नेपाल पक्षका १७ जना सांसदले फलोर क्रस गर्दै मतदान गरेपछि उनले बिश्वाको मत पाएको हो । यो सँगै फेरि त्रिलोचन भट्ट नै मुख्य मन्त्रिमा कायम रहने भएको छ ।
उनले तत्कालै आफूलाई मतदान गर्ने प्रदेश सभाका सदस्यहरुलाई धन्यबाद समेत दिएका छन् । भट्टे आफूले पाएको सोही विश्वासका आधारमा आगामी दिनमा अघि बढ्ने प्रतिवद्धता समेत जनाएका छन् ।
विश्वासको मत पाइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सुदूरपश्चिम प्रदेशलाई आफूले तीन वर्षभन्दा लामो समयदेखि नेतृत्व गरेको र यस क्रममा सबै पक्षलाई साथ लिएर हिँडेको स्मरण गराए ।
उनले अब पनि आफू त्यसैगरी सबैलाई साथ लिएर अघि बढ्ने बताए । संविधान, लोकतन्त्र, राष्ट्रियता, संसदीय प्रणालीको विकास गर्ने तथा जनताले दिएको मतअनुसार काम गर्ने नै आफ्नो मुख्य प्राथमिकता रहने उनले बताए ।
प्रदेशसभाको कार्यकाल करिब डेढ वर्ष अझै रहेको प्रस्ट पार्दै उनले यो अवधिमा आफ्नो नेतृत्वको सरकारले गरेका कामको परिणामहरू धमाधम आउने दावी गरे ।
नेपाली काँग्रेसले पनि भट्टलाई नै मतदान गर्ने निर्णय गरेपनि अन्तिममा भने अनुपस्थित भएका छन् । जसपाका दुई सांसद र ओली पक्षका ७ गरि ९ जनाले विक्षमा मतदान गरेका छन् ।