Logo

सुदुरपश्चिम प्रदेश २ मा मतदान जारी,मुख्यमन्त्री त्रिलोचन भट्टलाई भारी मतले बिजय हुने पक्का


जेठ,२५,कलाखबर– धनगदी । सुदुरपश्चिम प्रदेश २ मा मतदान जारी रहेको छ । दुई तिहाईको भारी मतले मुख्यमन्त्री त्रिलोचन भट्टलाई बिजय हुने सम्भावना देखिएको छ । उनलाई उनको दल माओवादीसँगै हाल सरकारमै रहेको नेकपा एमालेको माधव समूह र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बिश्वासको मत दिने निर्णय गरेको छ ।

नेकपा एमाले माधव कुमार नेपाल पक्षका १७ जना सांसदले पनि उनलाई विश्वासको मत दिने भएको छ । केपी पक्षका सात जना सांसदले भने मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिन अस्विकार गरेका छन् । एमाले संसदीय दलको बैठकको उपस्थितिमा हस्ताक्षर नगर्नेमा बोहरा, लिलाधर भट्ट, गेल्बु लामा, रतन थापा, नेपालु चौधरी, बलदेव रेग्मी र माया तामाङ बोहरा रहेका छन् ।

त्यस्तै गरि प्रतिपक्ष नेपाली काँग्रेसले पनि उनलाई नै बिश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार बिहान बसेको दलको बैठकले मुख्यमन्त्रि त्रिलोचन भट्टलाई बिश्वासको मत दिने निर्णय गरेको हो । कांग्रेसका १२ जना प्रदेशसभा सदस्य रहेका छन् । जसपाका दुई सांसदले भने मुख्यमन्त्रिको विपक्षमा मतदान गर्ने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्