Logo

खाने तेलको भाउ हवाट्टै बढ्यो,उपभोक्ता मर्कामा सरकार मौन


जेठ,२५,कलाखबर– काठमाण्डौं । पछिल्लो समय खाने तलको भाउ सोच्नै नसक्ने गरि एक्कासी बढेको छ । प्रति लिटर १७० रुपैयामा सुर्यमुखी तेल खरिद बिक्रि हुँदै आएकोमा अहिले दोब्बर गुणाले एक्कासी बढेर प्रतिलिटरु रु २८० पुगेको छ ।

भट्टमासको तेल प्रतिलिटर रु १५५ रुपैमा बिक्रि हुँदै आएकोमा अहिले प्रलिटर २५५ पुगेको छ । तोरीको तेल प्रतिरुपैया रु १८० मा बिक्रि हुँदै आएकोमा अहिले दोब्बर गुणाले बढेर रु २९० पुगेको छ ।

यसरी अनावश्यक मूल्य बृद्धिले व्यापारीलाई मालामाल भएको छ भने उपभोक्ता मारमा परेका छन् । यसको अनुगमन तथा नियमण गर्न सरकार चुकेको छ ।

उपभोक्ताको धार सेक्ने गरि मूल्य बृद्धि हुँदा पनि सरकार भने कानमा तेल हालेर टुलुटुलुु रमित हेरेर बसेको छ । नेताहरु कुर्सीको तछाड्मछाड्मै व्यस्त छन् ।

जनताले कालो बजारी भएको बताइ रहदा सम्बन्धीत उद्योग व्यावसायीहरुले भने कच्चा पदार्थको कमी भएको औल्याएका छन् । कच्चापदार्थ अभावकै कारण मुल्यमा बृद्धि भएको उनीहरुको जिकिर छ ।

तर उपभोक्ताहरुले भने एक्कासी दोब्बर गुणाले मूल्य बृद्धि हुँदा कालो बजारी भएको शंका गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्