संविधान विपरीत कार्यवाहक सरकारले मन्त्रिपरिषद विस्तार गरेको भन्दै परेको रिटमाथी आज सुनुवाई हुने

जेठ,२५,कलाखबर– काठमाण्डौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित कानून व्यवसायीले सोमबार संविधान विपरीत कार्यवाहक सरकारले मन्त्रिपरिषद विस्तार गरेको भन्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाई हुने भएको छ ।
उनीहरुले काम चलाउ अर्थात कार्यवाहक प्रधान मन्त्रिले संविधान मिचेर आधार हिन रुपमा मन्त्रिपरिषद विस्तार गरेको आरोप लगाएका छन् । ओलीले २१ जेठमा मन्त्रिपरिषद् विस्तार गरेका थिए।
उनले जनता समाजवादी पार्टी ९जसपा०का आठ मन्त्री र दुई राज्यमन्त्रीसहित नेकपा ९एमाले०का मन्त्रीलाई पनि हेरफेर गरेका थिए। तर कानुन विदहरुले यसलाई गैरसंवैधानिक भन्दै्र सबै नवनियुक्त मन्त्रिहरुले कुनै कामकाज नगर्नु भनी अदालतमा निवेदन पेश गरेका थिए ।
कानून व्यवसायीले सोमबार सर्वोच्च अदालतमा ६ वटा रिट दर्ता गरेका छन्। ति सबै रिटमाथि आज सुनुवाइ तोकिएको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्रराज ढकालले बताए।