Logo

आज ४४७२ जनामा कोरोना संक्रमण पुष्टि,६९५१ निको भएर घर फर्के


 

जेष्ठ,२३,कलाखबर–सुर्खेत । आज देशभर पछिल्लो २४ घण्टामा ४४७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हिजोको तुलनामा आज केही संक्रमित बढेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ पीसीआर परीक्षणबाट ३ हजार ३७० र ५ हजार ९०१ एन्टिजेन परीक्षणबाट १ हजार १०२ जनामा संक्रमण पुष्टि भएको हो।

निको भएर घर फर्के संख्या भने आज ६९५१ जना रहेका छन् । हिजोको दाँजोमा आज मृत्यूदर भने घटेको छ ।

आज देशभर जम्मा ९२ जनाको मृत्यूू भएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ९ सय ९० पुगेको छ।

 

प्रतिक्रिया दिनुहोस्