Logo

सुर्खेतमा फेरि एक हप्ता निषेधाज्ञा थपियो


जेष्ठ,२३,कलाखबर–सुर्खेत । सुर्खेत जिल्लामा फेरि निषेधाज्ञा एक हप्ता थप गरिएको छ । एक हप्ता निषेधाज्ञा थपिएसँगै यो जिल्लामा जेठ ३१ गते सम्म निषेधाज्ञा जारी रहने भएको छ ।

जिल्ला कोरोना संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले जेष्ठ महिनाभरि निषेधाज्ञा जारी राख्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

अहिले यो जिल्लामा पनि संक्रमित केही कम भएको छ । वैशाख १४ गतेदेखि जारी भएको निषेधाज्ञा सोमबार ४० दिन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्