Logo

बाँके अस्पतालमा कोरोना संक्रमितको दैनिक रुपमा मृत्यू,कहिल्यै पनि अस्पताल खाली हुँदैन


जेष्ठ,२३,कलाखबर–काठमाण्डौं । बाँके अस्पतालमा मृतक संख्या कहिल्यै पनि खाली नहुने भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यू भएको छ ।

मृत्यू हुनेहरुमा प्यूठान, दाङ, रुकुमपश्चिम र सल्यानका रहेका छन्। मृत्यू हुनेहरु ५० बर्ष भन्दा माथिका रहेका छन् । योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या ३ सय १७ पुगेको छ। यो जिल्लामा दैनिक रुपमा नै संक्रमितको मृत्यू हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्