Logo

राजेन्द्र महतोको दुर्भाग्य,मन्त्रि भएकै दिन चौतर्फी आलोचना हतार हतार सच्यायो अभिव्यक्ति


जेष्ठ,२३,कलाखबर–काठमाण्डौं । राष्ट्रिय जनता पार्टी ९राजपा०का वरिष्ठ नेता तथा उपप्रधानमन्त्री सहित सहरी विकासमन्त्री बनेका राजेन्द्र महतो मन्त्रि बनेकै दिन आलोचित बनेका छन् । उनले राष्ट्रिय अखण्डता र धार्मिक सहिष्णुताप्रति नै आँच पुग्ने किसिमको अभिव्यक्ति दिएपछि उनी चौतर्फी आलोचित बनेका हुन् ।

एमालेकै १५ संगठनले यसको बिरोधमा संयुक्त भतmव्य समेत जारी गरेका छन् । भक्तप्य मार्फत उनीहरुले यसको प्रधान मन्त्रि केपी शर्मा ओलीले जवाफ दिनुपर्ने माग समेत गरेका छन् । पदभार सम्हालेकै दिन चौतर्फी बिरोध आएपछि नवनियुक्त मन्त्रि महतोले हतार हतार उनको विवादास्पद अभिव्यक्ति सच्याएका हुन् ।

उनले आफ्नो अभिव्यक्तिलाई बंग्याएर गलत प्रचार भएको उल्टै आरोप लगाएका छन् । शनिबार राति एक विज्ञप्ति जारी गर्दै उपप्रधानमन्त्री महतोले राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति आफू पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै यसबारेमा कसैलाई पनि भ्रम नहोस् भनि स्पष्ट पारेका छन् । हेरौ महतोले निकालिएको विज्ञप्तिको पूर्ण अंश सहित ।

प्रतिक्रिया दिनुहोस्