Logo

प्रतिनिधिसभा बिरुद्ध सर्वोच्चमा परेको रिट आज सुनुवाई हुँदै


जेष्ठ,२३,कलाखबर–काठमाण्डौं । प्रनिधिसभा विरुद्ध सर्वोच्चमा परेको रिट आज सुनुवाई हुने भएको छ । संवैधानिक इजलासमा रहेका न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठबारे प्रश्न उठेपनि जेठ १८ मा उनीहरुले इजलास नछाड्ने राय दिए ।

तर, बरिष्ठ न्यायाधीशहरु दीपककुमार कार्की र डा। आनन्दमोहन भट्टराईले इजलासमा नबस्ने राय दिएपछि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले इजलास स्थगित गरेका थिए ।

कानुन व्यवसायीहरुले वरिष्ठताको आधारमा इजलास गठन गर्न दवाब दिएका छन् । त्यस कारण आइतबार प्रधान न्यायाधीशले संवैधानिक इजलास गठन गर्नेछन् ।

सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पुर्णमान शाक्य सहितका प्रतिनिधिसँग जबराले वरिष्ठताको आधारमा इजलास गठन गर्ने आश्वासन दिएका थिए ।

शुक्रवार बसेको फुल कोर्टको बैठकमा पनि वरिष्ठताको आधारमा इजलास गठन गर्न बाधा नपर्ने निष्कर्ष निकालेर संवैधानिक इजलास कार्यसंचालन नियमावली शंसोधनका लागी सिफारिस नगर्ने निर्णय गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्