Logo

पछिल्लो २४ घण्टामा ६६५३ जनामा कोरोना पुष्टि,१०१ जनाको मृत्यु


२१,जेठ,कलाखबर–काठमाण्डौं । आज देशभर पछिल्लो २४ घण्टामा ६६५३ जनामा कोरोना पुष्टि भएको छ भने १०१ जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८६६३ जना निको भएका छन् ।

आज १४ हजार १८२ जनामा पीसीआर परीक्षण गर्दा ४६२४ र ६६३१ एन्टिजेन परीक्षणमा २०२९ गरी ६६५३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ रहेको छ । निको हुनेको कुल संख्या ४ लाख ७६ हजार १३० जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्