Logo

काठमाण्डौं उपत्यकामा निषेधाज्ञा खकुलो,सडकमा चहलपहल बढ्यो


२१,जेठ,कलाखबर–काठमाण्डौं । काठमाण्डौं उपत्यकामा चहलपहल सुरु भएको छ । शुक्रबारदेखि १० दिनको लागि थप गरिएको निषेधाज्ञाको पहिलोदिन सवारी चहलपहल धेरै देखिएको छ । सवारी साधन सञ्चालन सम्बन्धी व्यवस्थामा परिवर्तन नगरिएको भएपनि शुक्रबार उपत्यकाका सडकमा पहिलेभन्दा धेरै सवारी चलेको ट्राफिक प्रहरीले जनाएको छ ।

निषेधाज्ञा खुकुलो भयो भन्ने भ्रमका कारण पनि सवारी धेरै भएको प्रहरीको आकलन छ । सरकारले खाद्य सामाग्री,निमार्ण ढुवानी बोक्ने सवारी साधनलाई मात्र आवतजावत गर्न दिने भनिए पनि आज उपत्यकाको सडकमा प्रशस्त भीडभाड देखिएको छ । अघिल्लो भन्दा अहिले प्रहरीले खुल्ला गरेको कारण सडकमा भीडभाड देखिएको छ ।

कोरोना संक्रमणका कारण भिडभाड गर्न बन्देज भए पनि प्रहरीको चेकिङ स्थलमा भने सवारी साधन र तिनका चालकहरूको भिड देखिन्छ । शुक्रबारदेखि सुरु भएको निषेधाज्ञामा सरकारले किराना पसल, वर्कसप, निर्माण कार्य लगायत खोल्न दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्