Logo

विश्व हिन्दु महासंघ र जन बाहिनी नेपालद्वारा कञ्चनपुरका चार शिविरमा खाद्य सामाग्री वितरण


२१,जेठ,कलाखबर–काठमाण्डौं । कञ्चनपुर जिल्लाको चार वटा शिविरमा विश्व हिन्दु महासंघ र जन बाहिनी नेपालद्वारा खाद्य सामाग्री वितरण गरिएको छ । आरक्ष शिविर,शुक्लाफाँटाको शिगास बाढी शिविर,बेदकोटको सुनौलो शिविर र बेदकोटकै बाढी पीडित गरि चारवटा शिविरमा बिहिबार खाद्य सामाग्री वितरण गरिएको हो ।

सो पिडीडित शिविरका लागी आवश्यक रकम विश्व हिन्दु महासंघकी उपाध्यक्ष ज्योत्सना साउद,विश्व हिन्दु महासंघ सुदूरपश्चिमका संयोजक सम्राट सिंह र जनबाहिनी नेपालका संयोजक शिरोमणी ओझाले संकलन गरेका हुन् । जुन रकमबाट प्रत्येक शिविरलाई आवश्यक खाद्यन्न सामाग्री वितरण गरिएको हो ।

चार वटै शिविर गरेर ४० क्विन्टल चामल, १०० किलो दाल, १०० किलो नुन, १०० लिटर तेल र १०० किलो पिठो वितरण गरेको हिन्दु बाहिनी नेपालका संयोजक सिरोमणी ओझाले बताए।

साथै उनले जिल्ला प्रहरी कार्यालय कैलाली, दृष्टी फाउन्डेशन, कञ्चनपुरको बेल्डाडीमा रहेको वृद्धा आश्रम र ट्राफिक कार्यालय कञ्चनपुरमा समेत स्वास्थ्य सामग्री वितरण गरेको बताए।

पछिल्लो लकडाउनको समयमा आफ्नो ज्यानको बाजी राखेर योे संस्थाले सक्रिय रुपमा पीडितहरुका लागी स्रहानीय काम गर्दै आएको ।

प्रतिक्रिया दिनुहोस्