कोरोनाबाट जिल्ला अदालतका न्यायाधीशको निधन
२१,जेठ,कलाखबर–काठमाण्डौं । कोरोना महामारीको संक्रमणबाट धादिङ जिल्लाका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ । उपचारको क्रममा ललितपुरको स्टार अस्पतालमा उनको निधन भएको हो ।
शुक्रबार बिहानै न्यायाधीश पौडेललाई अस्पताल प्रशासनले मृत घोषणा गरेका हुन् । भेन्टिलेटरमा राखेर ५५ बर्षीय न्यायाधीश पौडेलको उपचार हुँदै आएको थियो । एक्कासी पौडेलको मृत्यू घोषणा भएपछि परिवार शोकमा डुवेका छन् ।