Logo

आज देशभर ५३१६ जनामा कोरोना पुष्टि,१०१ जनाको मृत्यू


जेष्ठ,१९,कलाखबर–काठमाण्डौं । आज देशभर ५३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १०१ जनाको मृत्यू भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो पछिल्लो २४ घण्टाको अपडेट हो ।

संक्रमणमुक्त हुनेको संख्या ७२१९ रहेको छ । १३ हजार ८०५ पीसीआर परीक्षणमा ४ हजार ५२४ र ३०७३ एन्टिजेन परीक्षणमा ७९२ जना गरी ५ हजार ३१६ जनामा संक्रमण पुष्टि भएको हो । केही दिन यता कोरोना नियन्त्रणमा केही सुधार आएको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्