Logo

चौधरी उद्योगको बियर प्लाण्टमा आगलागीबाट ठूलो क्षती भएको अनुमान्,विवरण आउन बाँकी


जेष्ठ,१९,कलाखबर–काठमाण्डौं । पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ मा रहेको चौधरी उद्योगको नेपाल आइस वियर प्लाण्टमा बुधबार विहान आगलागी भएको छ । सो आगलागीबाट ठूलो क्षती भएको अनुमान्,गरिएको छ । तर एकिन विवरण आउन भने बाँकी छ ।

विहान साढे ८ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय नवलुरका प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले बताए । वियरको गोदाममा बढी क्षति भएको छ ।

आगलागीबाट करोड बढीको धनमाल क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ तथापि आगो नियन्त्रणमा आएपछि मात्र क्षतिको विवरण यकिन हुने गिरीले बताए ।

आगो नियन्त्रणको प्रयास भईरहेको छ । ५ वटा दमकल, डेढ सयको संख्यामा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरी, कारखानाका कामदारहरुले आगो नियन्त्रणको लागि प्रयास गरिरहेको छ ।

विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्राम्भिक अनुमान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्