Logo

काठमाण्डौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठक जारी,अब निषेधाज्ञा केही खकुलो बनाउने तर सार्बजनिक यातायात नखुल्ने


जेष्ठ,१९,कलाखबर–काठमाण्डौं । कोरोना महामारी केही नियन्त्रणमा आएसँगै जेष्ठ २१ गतेदेखि खाद्यन्न बिक्री तथा पूर्वाधार निर्माण कार्यहरु खुल्ला गरिने भएको छ । यसै विषयमा छलफल गर्न बुधबार काठमाण्डौं उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको छ । बैठकले खाद्यान्न बिक्रीको लागि मात्रै किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न दिने तयारी गरेको बताइएको छ ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले अब थपिने निषेधाज्ञामा खाद्यान्न बिक्रीको लागि किराना पसल र डिपार्टमेन्टल स्टोर खोल्न दिने तयारी गरिएको जानकारी दिए । अहिले बैठक जारी छ । बैठकले थप एक साता निषेधाज्ञा थप्ने तयारी समेत गरेको छ । भट्टराईका अनुसार काठमाडौं उपत्यकामा पूर्वाधार निर्माण पनि खुला गरिने भएको छ ।

निर्माण क्षेत्रमा नै कर्मचारी राखेर सञ्चालन गरिने पूर्वाधार निर्माण कार्य स्वास्थ्य मापदण्ड पूरा गरेर अघि बढाउन सक्ने निर्णय गर्न लागिएको भट्टराइले बताएका छन् । निर्माण सामग्री ओसार्नको लागि भने रातिको समय तोकिएको छ । हाल उपत्यकामा पूर्वाधार निर्माणमा समेत रोक लगाइएको थियो । अब थप गरिने निषेधाज्ञामा पनि सार्वजनिक र निजी सवारी भने नखुल्ने भएको छ ।

भट्टराईले अहिले नै सार्वजनिक सवारी खोल्ने विषयमा छलफल नै नभएको जानकारी दिए । निजी सवारीको हकमा पनि अत्यावश्यक काम बाहेक हिँडडुलमा प्रतिबन्ध नहटाइएको भट्टराईले जानकारी दिए । कोरोनाको महामारी साम्य नभइसकेकोले अहिले नै सवारी साधन खुला गर्दा यसले समस्या जटिल हुने जिल्ला प्रशासनका अधिकारीहरुको बुझाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्