Logo

कोरोना अपडेट दैनिक सुधार,संक्रमित भन्दा निको हुँने संख्या बढी


 

१४,जेष्ठ–काठमाण्डौं । नेपालमा लगातार तेस्रो दिन नयाँ संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ । पछिल्लो २४ घण्टामा देशमा ६ हजार ९५१ जना संक्रमित थपिएका छन् ।

२० हजार ११० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६९५५ र एन्टिजेन विधिबाट ९६ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ ।

हाल सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ रहेको छ । यही अवधिमा थप ९ हजार ८४१ जना निको भएका छन् । हालसम्म संक्रमितमध्ये ४ लाख २८ हजार ६७० जना निको भइसकेका छन् ।

नेपालमा निको हुने दर ७८।१ प्रतिशत रहेको छ । त्यस्तै, थप ९६ जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ४७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्