सुस्मिता फिल्मस प्रालिद्वारा एकै साथ दुईवटा चलचित्र निर्माण गर्ने घोषणा
जेष्ठ-१३, काठमाडौँ नेपाली चलचित्र प्रेमी माझ एउटा नयाँ खुशीको संचार गराउन सुस्मिता फिल्मस प्रालिद्वारा २ओटा चलचित्र निर्माण हुने कुरा आज सुस्मिता फिल्मस प्रालिका निर्माता राजेन्द्र ढकाल(राहुल)ले बताउनु भएको छ । चलचित्र सामाजिक जीवनको प्रतिलिपि मानिने र मनोरंजनको एउटा साधन भएकाले दर्शक माझमा पुराउन आज घोषणा गर्दै निर्माता ढकालले भन्नुभयो,” हामी पूर्ण तयारीका साथ छायांकनमा जनाको निमित्त Lockdown खुल्ने प्रतिक्ष्यामा छौ “।
Lockdown खुल्न साथ कार्य आगि बढाउँनका लागि स्थान पनि तोक्दै पोखरा, चितवन, काठमाडौँ, मुस्ताङ्ग, मुगु लगायतका ठाउँमा छायांकन हुने पनि बताउनु भयो । पहिलो चलचित्रको नाम “Love is Love ” रहेको र चलचित्रको सम्पूर्ण कार्य चन्द्रकुमार भट्टराई द्वारा गरिने र कुल लागत १ करोड रहेको पनि खुलासा गरेर ढकालले जोड्नुभयो,”
Love Story मा आधारित यो चलचित्र दर्शकको सामुन्ने पहिले प्रस्तुत गरिने छ भने छिटो भन्दा छिटो समयमा पर्दामा ल्याउनका लागि सम्बन्धित सम्पूर्ण कार्य गरिसकेका छौ”। एस चलचित्रका निर्माताको रुपमा सुस्मिता फिल्मस प्रालि , सन्जु भट्टराई, सुरेन्द्र ढकाल र प्रकाश भट्टराई(निश्चल) रहेका छन् ।
दोस्रा चलचित्रको कुरा गर्दै राजेन्द्र ढकालले भन्नुभयो, एस चलचित्रको कुल लागत ६० लाख रहेको र चलचित्र संग सम्बन्धित सम्पूर्ण कार्य राज के.सी द्वारा गरिने छ । चलचित्रको छायांकन कार्य “Love is Love ” संगै सुरु हुने र दर्शक माझ केहि समयमा नै आउने बताउदै ढकालले भने,” एकैपटक पर्दामा ल्याउने कोसिस रहदा पनि छायांकनमा समय लाग्ने हुदा एक पछि अर्को गर्दै पस्कने छौ।
Lockdown को समयले गर्दा केहि सुस्तोपन चलचित्र उद्द्योगमा देखिए पनि हामी चाही दर्शक माझ प्रस्तुति लिएर आउन तत्पर रहेका छौ “। चलचित्रको निर्माताका रुपमा भने सुस्मिता फिल्मस प्रालि रहेको छ । महामारीको समयमा पनि आफ्नो प्रस्तुति लिएर दर्शक माझ आउने तयारीमा रहेको एस दुवै चलचित्रको दर्शक माझ आउने मिति बारे भने ढकालले केहि समय पछि जानकारी दिने भन्दै प्रेस बिज्ञप्ति समापन गरे ।