Logo

नेपाल चिन कैलाश साँस्कृतिक समर्वद्धन विकास संघद्वारा आम जनतालाई स्वास्थ्य सामाग्री वितरण


१५,बैशाख–काठमाण्डौं । नेपाल चिन कैलाश साँस्कृतिक समर्वद्धन विकास संघले काठमाण्डौं बौद्ध स्तुप्पामा स्वास्थ्य सामाग्री वितरण गरेको छ । कोरोना महामारीबाट बच्न करिब ३५ लाख बराबरको स्वास्थ्य सामाग्री सो संस्थाले बुधबार विहान वितरण गरेको हो । निस्वार्थ र गैर नाफा मुलक सस्ंथाले यो भन्दा अगाडीको कोरोना महामारीमा पनि करिब तीन करोड बराबरको खाद्य सामाग्री वितरण गरी सकेको सँस्थाका अध्यक्ष ओम गुरुङले बताए ।

चीनको तर्फबाट संस्थाका अध्यक्ष रिञ्जिन नोर्बुको पहलमा यो संस्थाले धेरै राहत सामाग्रीहरु वितरण गर्दै आएका छन् । यो संस्थाले छिमेकी राष्ट्र चिनको सहयोग र सहकार्यमा २०७२ सालदेखि यता निरन्तर रुपमा पीडितहरुलाई राहत वितरण गर्दै आएको छ । हाल सम्म आई पुग्दा यो संस्थाले नेपालको पुरानो विद्यालय दरबार हाई स्कुल,सिन्धु पाल्चोकमा ठूलो सामुदायिक गुम्बा तथा विभिन्न भवनहरु समेत निर्माण गर्दै आएको संस्थाका अध्यक्ष ओ्म गुरुङले बताउनु भयो ।

दोस्रो लहरमा कोरोना संक्रमित संख्या बढ्दै गएपछि फेरि पनि सरकारले लकडाउन गर्ने घोेषणा गरि सकेको छ । जु्न महामारीबाट आम नागरिकको ज्यान बचाउने उद्देश्ले लकडाउनको पूर्व सन्ध्यामा बुधबार नेपाल चीन कैलाश साँस्कृतिक समर्वद्धन विकास संघले आवश्यक स्वास्थ्य सामाग्री वितरण गरेका हुन् ।

संस्थाले करिब ३५ लाख बराबरको बौद्ध स्तुप्पा वरिपरि आउने सबैलाई सम्मान रुपमा सो सामाग्री वितरण गरेको अध्यक्ष गुरुङले बताए । माक्स,धुप,टिस्यू पेपर जस्ता स्वास्थ्य सामाग्री पाएपछि आम नागरिकहरु निकै खुशी भएका छन । निस्वार्थ भावनाले सबैको ज्यान बचाउने अभियानमा यो संस्था लागी परेको अध्यक्ष ओम गुरुङको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्