Logo

नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीको निधन,आज दिउसो २ बजे पार्टी कार्यलय सानेपामा श्रद्धाञ्जली दिदै


१४,चैत्र–काठमाण्डौं । नेपाली कांग्रेसका दिवंगत नेता नवीन्द्रराज जोशीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि अस्पतालबाट घर लगिएको छ । कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री जोशीको शुक्रबार नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

जोशीको पा’र्थिव शरीर अस्पतालबाट काठमाडौँको ढोका टोलस्थित घर लगिएको हो । त्यहाँबाट पुनः पार्टी कार्यालय सानेपा अ’न्तिम श्र’द्धाञ्जलीका लागि लैजाने तयारी रहेको कांग्रेसले जनाएको छ ।

नेता स्व। नवीन्द्रराज जोशीको पा’र्थिव शरीरलाई मध्याह्न १२ बजेदेखि २ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलिका लागि राखिने भएको छ ।

गत फागुन १४ गते बिहान मस्तिष्कघात भएपछि उनलाई उपचारार्थ वीर अस्पताल हुँदै नर्भिक अस्पताललाई भर्ना गरिएको थियो। विसं २०१९ असार ३ गते काठमाडौँमा जन्मेका नेता जोशी २०७० मा काठमाडौँ क्षेत्र नं ८ बाट संविधानसभा सदस्यमा नि’र्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्