Logo

सरकारले ल्याएको अध्यादेश फेल गराउन अधिकांश संसद एकजुट


२६,फागुण–काठमाण्डौं । सरकारले ल्याएको अध्यादेश फेल गराउन अधिकांश संसद एकजुट हुने भएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश विरुद्ध संघीय संसद् सचिवालयमा विरोधको सूचना दर्ता गरेका छन् ।

यी दलले सरकारले ल्याएको अध्यादेश असंवैधानिक रहेको ठहर गर्दै त्यसलाई संसदमा अस्वीकृत गर्ने स्पष्ट पारेका छन् । नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले सरकारले असंवैधानिक ढंगले अध्यादेश ल्याएकाले त्यसलाई स्वीकृत नगर्ने बताउँदै कानुन संसदको नियमित प्रक्रियाबाट बनाउनुपर्ने उल्लेख गरिन् ।

उनले सरकारको ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश बाहेक अन्य अध्यादेशमा त्यसको प्रकृति हेरेर सहमति दिन सकिने बताइन् । तेजाव तथा अन्य घातक पदार्थ नियमन अध्यादेश, यौन हिंसा विरुद्धका ऐनलाई संशोधन गर्न ल्याइएका केही विधेयकमाथि भने विचार गर्न सकिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्